Skip This
  • २०८१ पौष ९ मंगलबार

महोत्तरीमा कहालीलाग्दो महिला हिँसा, अभियानहरु अप्रभावकारी

kharibot

महोत्तरी । मुलुकभर १६ दिने महिला हिंसा विरुद्धको विभिन्न कार्यक्रम सम्पन्न भैइसकेको छ । जिल्लास्थित समन्वय समितिको कार्यालय र स्थानिय तहहरुले  हिंसा न्यूनीकरणको लागि आफ्-आफ्ना नारा वनाएर अभियान चलाए  तर जिल्लागत तथ्यांकहरु हेर्दा महिलामाथी हुने हिंसामा थप वृद्धि हुँदै गएको देखिएको छ ।

यस्तै भयावह अवस्था वनेको छ  महोत्तरी । जिल्लाको अघिल्लो बर्षहरुको तुलनामा वढदै गईरहेको घरेलु हिंसा, सामाजिक हिंसा, वलत्कार प्रयासका घटना र आत्महत्याको दरले स्थानिय तहहरुले अहिले चलाएको महिला अभियानमाथी थुप्रै प्रश्नहरु उठेका छन । आर्थिक बर्ष २०७८/७९, २०८०/८१ र २०८१/८२ को तथ्यांकअनुसार बार्षिक १० देखि २० प्रतिशतले महिला हिंसाका घटनाहरु बढेका छन ।

जिल्ला प्रहरी कार्यालयको महिला सेलले उपलब्ध गराएको तथ्यांकअनुसार  चालू आर्थिक बर्ष २०८१/८२ मा अहिलेसम्म नै २८४ वटा घरेलु हिंसाका उजुरी परेका छन । महिला जागरण तथा हिंसा न्यूनीकरणको लागि स्थानिय सरकारहरुले चलाएका सवै प्रकारका अभियान अप्रभावकारी वनिरहेको छ भन्ने अघिल्ला  आर्थिक बर्षहरुका संख्यालाई हेर्दा मात्र पनि प्रमाणित हुन्छ ।

आर्थिक बर्ष २०७८/७९ को तथ्यांकलाई हेर्ने हो भने बाहिर आएका महिला हिंसाका घटनाहरु ५०२ वटा छन । २०७९/८० मा यो संख्या बढेर ५६६ पुगेको छ भने २०८०/८१ मा अझ यो संख्या वढेर ६९४ पुगेको छ । आर्थिक बर्ष २०८१/२०८२ सकिन ८ महिना वाकी रहदा नै घरेलु हिंसाका २५९ वटा उजुरी परिसकेका छन । आर्थिक बर्षको अन्त्यसम्म अहिलेसम्म कै सवैभन्दा बढी रेकर्ड वन्न सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै महिला सम्बन्धी सामाजिक हिंसाकाका ठाडो उजुरीलाई आकलन गर्दा स्थिति निक्कै भयावह छ । आर्थिक बर्ष २०७८/७९ देखि  चालु २०८१/८२ सम्म १३०७ वटा त सामाजिक हिंसाका उजुरी परेका छन यसमध्ये कतिपय अझै फर्स्यौट गर्न वाकी देखिएको छ ।

यो चालू आर्थिक बर्षमा परेका १७४ वटा उजुरी मध्ये ७६ वटा मात्र फर्स्यौट भएका छन भने ९८ वटा वाकी छन । पुरातन संस्कार र अन्धविश्वासका कारण पनि जिल्लामा महिला वालवालिकाहरुमा  वेवास्ता हुने गरेको देखिएको छ । हराएका वालिकाहरुको खोजी नगर्ने र कतिपय घरमा हुने विभेदले घर नै छाडनुपरेको तथ्यांकले देखाउछ ।

पछिल्लो ३ बर्षको अवधीमा अहिलेसम्म जिल्लामा ४३३ जना वालिकाहरु वेपत्ता भएका छन जस्को मुख्य कारक घरेलु विभेद र अत्याचार भएको जानकारहरु वताउछन । त्यसमध्ये २४२ जना मात्र भेटिएका छन भने वाकी अझै वेपत्ता अवस्थामा छन । यसरी वेपत्ता वन्नेको संख्या हरेक बर्ष बढदै गएको देखिन्छ । चालू आर्थिक बर्षको यो अवधीसम्म आईपुग्दा २० जना वालिका र ८ जना महिला वेपत्ता वनिसकेका छन ।

२०८० सालदेखी २०८२ सम्म महिलाहरुको आत्महत्या दर समेत निक्कै काहालीलाग्दो छ । समाजसास्त्रीहरुको अनुसार घरेलु तथा सामाजिक हिंसाका कारण होस या छोरीहरुमा हुने विभेदका कारण होस मानसिक रोग सिकार भएपछी आत्महत्याको वाटो रोज्ने गर्दछन ।

महोत्तरीमा महिला आत्महत्याका संख्या हेर्दा पछिल्लो समय यस्तै अवस्था देखिएको छ । पुरुषको तुलनामा महिलाहरुले गर्ने कतिपय आत्महत्या मानसिकरुपमा समस्या भएतापनी धेरैजसो दुरुत्साहन नै भएको स्थानियहरु वताउछन । पछिल्लो असार देखि कात्तिकसम्म मात्र ४३ जनाले आत्महत्या गरेका छन । जसमध्ये २१ जना महिला छन । त्यस्तै आर्थिक बर्ष २०८०/८१ मा पनि आत्महत्या गर्ने महिलाहरु संख्या उच्च छ । जम्मा १३२ जनाको आत्महत्यामा ६० जना महिलाहरुले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।

डोमिनिकल गणतन्त्रका ३ दीदीबहिनी पेट्रीया, मिनर्भा र मारियालाई महिला जागरण र हिंसाविरुद्धको आवाज उठाउदा तत्कालिन त्रुजिलो सरकारले निर्ममतापुर्वक मारेको दिनकोरुपमा महिला हिंसा मनाईदै आएको छ तर मनाउने तर समस्या पहिचान गर्न नसक्दा थप समस्याहरु वढदै गएका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै