• २०८१ पौष २३ मंगलबार

श्रीलंकाले पुर्वराष्ट्रपतिहरुको सुरक्षामा ठुलो कटौतीको घोषणा

kharibot

काठमाडौँ । श्रीलंका सरकारले वार्षिक बचतको लागि महत्त्वपूर्ण कदम चालेको छ । श्रीलंका सरकारले पूर्व राष्ट्रपतिहरुलाई प्रदान गरिएको अत्यधिक व्यक्तिगत सुरक्षामा कटौती गर्ने निर्णय गरेको छ । 

सरकारले पूर्वराष्ट्रपतिलाई दिइने सुरक्षाकर्मीको सुरक्षा जनवरी १ बाट घटाउने घोषणा गरिसकेको छ । श्रीलंकाका मन्त्री आनन्द विजेपालाले सरकारको उद्देश्य सम्पूर्ण देशको सुरक्षा सुनिश्चित गर्नु भएको बताउदै यो निर्णय सरकारको नीति अनुरुप भएको बताएका छन् ।

पूर्व राष्ट्रपतिलाई दिइएको सुरक्षामा कटौती सरकारको यो निर्णयप्रति विजेपालाले प्रतिक्रिया दिएका छन् । उनले भने, 'हामीले उच्च सार्वजनिक पदमा बस्नेलाई पनि सर्वसाधारण नागरिक सरह सुविधा दिने देशलाई वाचा गरेका छौँ। सडकमा ठूला भीआइपी गाडी चढेर ज्यान गुमाउने चलन अन्त्य गर्न चाहन्छौँ ।' उनले थप भने- 'सन् २०२४ सम्म पूर्वराष्ट्रपतिहरूलाई सुरक्षा दिन १४४ करोड ८० लाख रुपैयाँ खर्च भएको छ। यो कठिन समयमा जनतामाथि बोझ छ ।'

मन्त्री विजेपालाका अनुसार श्रीलंकाले पुर्व राष्ट्रपतिहरुको सुरक्षामा ११ महिनामा १४४८ मिलियन श्रीलंकन रुपैयाँ खर्च गरेको छ ।

पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेले सबैभन्दा बढी खर्च गरिरहेको बताइएको छ । अब नयाँ निर्णयपछि पुर्व राष्ट्रपतिलाई ६० जना मात्रै प्रहरी उपलब्ध गराइने भएको छ । 

विपक्षी दल राजापाक्षेको श्रीलंका पोदुजाना पेरामुनाले सरकारको यो निर्णयलाई बदलाको राजनीतिक कार्यको संज्ञा दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै