• २०८१ मङ्सिर ३० आइतबार

निगमले पेट्रोलको मुल्य बढायो, डिजल तथा मट्टीतेलको घटायो

kharibot

काठमाडौं । नेपाल आयल निगमले डिजल तथा मट्टीतेलको मुल्य घटाएको छ ।

निगमको आइतबार बसेको संचालकसमितिको बैठकले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । त्यस्तै डिजल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो । 

निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको मुल्य प्रति लिटर १६२ रुपैयाँ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ रहेको थियो ।  

त्यस्तै डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ । यस अघि डिजल तथा मट्टीतेलको प्रति लिटर १५३ रुपैयाँ रहेको थियो । 

निगमले भारतको इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मुल्यमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २८ पैसा बढेर आएको र  डिजल मट्टीतेलमा प्रति लिटर एक रुपैयाँ ४८ पैसा घटेर आएको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै