• २०८१ पौष १ सोमबार

फ्रान्कोइस बायरु फ्रान्सको नयाँ प्रधानमन्त्री नियुक्त

kharibot

काठमाडौं । फ्रान्समा जारी राजनीतिक उथलपुथलका बीच राष्ट्रपति इमानुएल म्याक्रोंले मध्यमार्गी नेता फ्रान्कोइस बायरुलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

राष्ट्रपति म्याक्रोंले सन् २०२४ मा चौथो पटक प्रधानमन्त्री फेरबदल गरेका हुन् । ७३ वर्षीय बायरु लामो समयसम्म दक्षिण पश्चिम राज्य पाउको मेयर थिए । हाल उनले फ्रान्सको मोडेम पार्टीको नेतृत्व गरिरहेका छन् । फ्रान्सको संसद्‍मा कुनै दलको स्पष्ट बहुमत नभएकाले नयाँ प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीले जस्तै चुनौतीको सामना गर्नु पर्ने स्थिति यथावत् छ।

नवनियुक्त प्रधानमन्त्रीसामु सन् २०२४ को बजेटलाई अघि बढाउन संसद्‍बाट विशेष कानुन पारित गर्नुका साथै सन् २०२५ को बजेट विधेयक प्रस्तुत गर्नु पनि चुनौती छ। उनले केही दिनमै आफ्नो क्याबिनेटको सूची पेश गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति म्याक्रोंले आगामी वर्षको ग्रीष्मयाममा संसदीय निर्वाचन गर्ने घोषणा गरे यता फ्रान्समा राजनीति तरल बनेको छ ।

अविश्वासको प्रस्तावलाई अगामी वर्षको जुलाईसम्मका लागि सार्नु पर्ने समेत नयाँ प्रधानमन्त्रीको मुख्य चुनौती रहेको बताइएको छ । त्यसअघि नै बायरुको सरकार ढलेमा राष्ट्रपति म्याक्रोंको भविष्यमाथि पनि प्रश्न खडा हुनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै