• २०८१ पौष ७ आइतबार

फडणवीसले लिए महाराष्ट्रको मुख्यमन्त्रीको शपथ

kharibot

काठमाडौँ । भारतीय जनता पार्टीका नेता देवेन्द्र फडणवीसले महाराष्ट्रको मुख्यमन्त्रीको सपथ लिएका छन् ।

साथै उनको सरकारमा शिवसेना (शिन्दे) प्रमुख एकनाथ शिन्दे र एनसीपी (अजित) प्रमुख अजित पवार उपमुख्यमन्त्री बनेका थिए ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित एनडीए शासित राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू, केन्द्रीय मन्त्रीहरू र अन्य एनडीए नेताहरू पनि उपस्थित थिए ।

भाजपा नेतृत्वको महायुती गठबन्धनले महाराष्ट्र विधानसभा चुनावमा अत्याघिक बहुमत हासिल गरेको थियो ।

यस गठबन्धनमा समावेश भारतीय जनता पार्टी (भाजपा) ले १३२ सिट, एकनाथ शिन्देको शिवसेनाले ५७ सिट र अजित पवारको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)ले ४१ सिट जितेको छ। अर्थात् महायुतीले २३० सिट जितेर सत्तामा फर्केको छ ।

उपमुख्यमन्त्रीको सपथ लिनुअघि एकनाथ शिन्देले बाला साहेब ठाकरे, आनन्द दिघे, प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिएका थिएका थिए । राज्यपाल पी राधाकृष्णनले उनलाई रोकेपछि उनले पद र गोपनीयताको शपथ लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै