• २०८१ पौष ५ शुक्रबार

भारतको हरियाणाका पूर्वमुख्यमन्त्री चौटालाको निधन

kharibot

काठमाडौँ । भारतको हरियाणाका पूर्वमुख्यमन्त्री तथा भारतीय राष्ट्रिय लोकदलका राष्ट्रिय अध्यक्ष ओमप्रकाश चौटालाको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

ओमप्रकाश चौटाला सात पटक विधायक र पाँच पटक हरियाणाको मुख्यमन्त्री बनेका थिए । चौटालाको हृदयघातका कारण मृत्यु भएको हो।

चौटाला अन्तिम पटक हरियाणा विधानसभा चुनावमा सिरसाको चौटाला गाउँको मतदान केन्द्रमा देखिएका थिए । चौटालालाई भ्रष्टाचार मुद्दामा चार वर्षको जेल सजाय सुनाइएको थियो । 

ओमप्रकाश चौटालाकी पत्नी स्नेह लताको अगस्ट २०१९ मा निधन भएको थियो । चौटालाका तीन छोरी र दुई छोरा छन् । उनका दुई छोरा अभय चौटाला र अजय चौटाला छन् । अभय सिंह चौटाला एलेनाबादबाट विधायक हुन्।

अभय सिंह चौटाला अक्टोबर २०१४ देखि मार्च २०१९ सम्म हरियाणा विधानसभामा विपक्षी दलका नेता थिए। ओमप्रकाश चौटालाका नाति दुष्यंत चौटाला जननायक जनता पार्टीका नेता हुन् र हरियाणाका उपमुख्यमन्त्री भइसकेका छन्।

हरियाणाको मुख्यमन्त्रीको कार्यालयले पनि एक विज्ञप्ति जारी गरी राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले पूर्व मुख्यमन्त्रीको निधनमा शोक व्यक्त गरेको छ।

सन् २०१८ मा चौटाला परिवारमा विभाजन भयो । ओमप्रकाश चौटालाले आफ्ना दुई नाति दुष्यन्त र दिग्विजयमाथि अनुशासनात्मक कारबाही गर्दै पार्टीबाट निष्कासन गरेका थिए । दुष्यन्त र दिग्विजय अजय सिंह चौटालाका छोरा हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै