• २०८१ कार्तिक २८ बुधबार

ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए । १-० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको थियो । म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।

यो जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडी रहेको छ ।
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै