• २०८१ भदौ ३० आइतबार

सहकारी ठगि छानबिन गर्ने संसदीय समितिको म्याद १५ दिन थपियो

kharibot

काठमाडौं । सहकारी संस्थाको बचत रकम ठगि बारे छानबिन गर्न गठन भएको संसदीय छानविन विशेष समितिको म्याद १५ दिन थप भएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष छानविन समितिका सभापति सूर्यबहादुर थापाक्षेत्रीले समयावधि थपका लागि प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश गरेपछि प्रतिनिधि सभाबाट समयावधि थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको जानकारी दिएका थिए ।

उनले सार्वजनिक विदाको दिनबाहेक समितिले विहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै