• २०८१ असोज १३ आइतबार

जाजरकोटमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

kharibot

फाइल तस्बीर

जाजरकोट । जाजरकोटमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका-२ माझगाउँमा माथीबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, ३४ वर्षीय मनिशा परियार र २ वर्षीय छोरा शिभम परियार रहेका छन् । 

भुकम्प प्रभावित यो परिवार अस्थाई टहरामा बस्दै आएका बताइएको छ । घटनाको विवरण आउन बाँकी रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय