• २०८१ असार २१ शुक्रबार

डिफेन्डिङ च्याम्पियन मार्केटा विम्बल्डनको पहिलो चरणमा पराजित

kharibot

काठमाडौँ । पछिल्लो पटक च्याम्पियन मार्केटा भोन्ड्रोसोभा विम्बल्डन महिला एकलको पहिलो चरणमा पराजित भएकी छन् ।

विम्बल्डन महिला एकलमा डिफेन्डिङ च्याम्पियन मार्केटा भोन्ड्रोसोभा सेन्टर कोर्टमा पहिलो राउण्डमै बाहिरिएकी हुन् ।

योसँगै उनी विम्बल्डनको पहिलो चरणमा हार्ने ३० वर्षमा पहिलो महिला डिफेन्डिङ च्याम्पियन बनेकी छिन् ।

तीस वर्ष पहिले, १९९४ मा, पहिलो पटक, स्टेफी ग्राफलाई विम्बल्डनको उद्घाटन राउन्डमा लोरी म्याकनिलले पराजित गरेकी थिइन् ।

चेक गणतन्त्रकी २५ वर्षीया मार्केटा भोन्ड्रोसोभा विश्वको ८३औं वरियतामा स्पेनकी २१ वर्षीया जेसिका बोउजास माइनिरोसँग सोझो सेटमा पराजित भएकी छन् । मार्केटा भोन्ड्रोसोभा ६७ मिनेटसम्म भएको खेलमा माइनिरोसँग ६-४, ६-२ ले पराजित भइन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै