• २०८१ असार ७ शुक्रबार

मध्यपुर थिमिमा शनिबार वः महोत्सव हुने

kharibot

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो । यो नेवार समुदायको विशिष्टकृत खानाको परिकार पनि हो ।  

नेवार समुदायको महान चाडहरुमध्ये एक चाड सिथि नखः को दिन वः खाएर पर्व मनाइन्छ । यही दिनको पावन अबसरमा महोत्सव हुनेछ । यो वर्ष यो पर्व जेठ ३० गते परेको छ । तर महोत्सव भने भोलि शनिबार हुनेछ । 

मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समिति आयोजनामा महोत्सव हुने भएको हो । महोत्सव दोश्रो पटक हुन लागेको हो । 

महोत्सवमा नेवार समुदायको अद्वितीय अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यस अवसरमा स्थानीय गाजरको प्रयोगबाट बनेको वाइन (रक्सी वा पेय पदार्थ) को स्वाद पनि चाख्न सकिने जनाइएको छ ।  प्रदर्शनीको क्रममा ग्रिन भिजिटेबल प्रदर्शन र सो खानाको बारेमा आन्तरिक र बाह्य पर्यटकलाइ विशेष जनाकारीको पनि व्यवस्था रहेको जनाइएको छ । मध्यपुर थिमिको पहिचान समेत गराउने उद्देश्य लिइ महोत्सव गर्न लागेको जनाइएको छ । 

महोत्सवले मध्यपुरको जनतालाई आयआर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउन सहयोग गर्ने आयोजकको विश्वास छ । मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आर्कषणका कला संस्कृक्ति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारकको पनि अवलोकन भ्रमण गर्न सकिने जनाइएको छ । यसबाट यी क्षेत्रहरु देश विदेशको कुनाकाप्चा पुगेर यहाको हरेक ठाउँ र हरेक अद्धितीय अनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गर्न सफल हुने विश्वास गरिएको छ ।

साथसाथै मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य राखेको जनाइएको छ । यसै महोत्सवबाट मध्यपुरका जनताबाट सेवा प्रदान गरी मध्यपुरबासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त महोत्सव गर्न लागिएको जनाइयो । 

पत्रकार सम्मेलन गरी आयोजकले मध्यपुर थिमि नगरपालिकाले  ६ लाख बजेट उपलव्ध गराउने जनाइयो । आफ्नै लागत सहभागिता र बांकी दुई लाख पनि महोत्सवको लागि खर्चिने सम्मेलनमा जनाइयो । स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी कुल रु आठ लाखको बजेट सिमाभित्र रही महोत्सव गर्न लागेको जनाइयो ।

गतवर्ष मध्यपुर थिमि नगरपालिका अन्तर्गत पर्यटन विकास समितिद्वारा प्रवद्धित मेलाले एउटा छुट्टै पहिचान बनाइसकेको सम्मेलनमा बताइयो । यस किसिमको मेलाहरुलाई निरन्तरता दिनु मध्यपुर थिमि नगरपालिका लगायत सम्पूर्ण नगरवासीहरुको दायित्व हो, सम्मेलनमा आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले भने । सम्मेलनमा आयोजक मध्यपुर पर्यटन विकास समितिका उपाध्यक्ष कविदास श्रेष्ठ महोत्सवको महत्वबारे चर्चा गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै