भोजपुर । रुसी सेनामा भर्ती भएका प्रितम राईको मृत्युको छ ।
भोजपुरको पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे औलियाका राई को मृत्यु भएको जानकारी आएको परिवारले जनाएको हो । प्रितम करिब ६ महिनाअघि रुसी सेनामा भर्ती भएका थिए । तर, गत मार्च महिनामै सैनिक हमलामा परी उनको मृत्यु भएको खबर झण्डै डेढ महिनापछि अर्थात् गत वैशाख २२ गते परिवारले पाएको थियो । उनको मृत्युले यतिबेला सिंगो औलिया गाउँ नै शोकमा डुबेको छ।
२०४४ साल वैशाख १ गते माइलो छोरोको रूपमा जन्मिएका प्रितम सानैदेखि मिलनसार र सहयोगी थिए । उनका जेठा दाजु किरण राई सोही पौवादुङमा गाउँपालिकाका अध्यक्ष पनि हुन्।