• २०८१ जेठ ६ आइतबार

कञ्चनपुरको झलारीमा सशस्त्र प्रहरी बल नेपालको चौथो स्कुल संचालन

kharibot

कञ्चनपुर । सशस्त्र प्रहरी बल नेपालले सबै प्रदेशमा स्कुल विस्तार गर्ने योजना अनुसार कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ झलारीमा चौथो स्कुल संचालन ल्याएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सो स्कुलको बैशाख २४ गते उद्घाटन गर्नुभएको हो । शैक्षिकसत्र २०८१ देखि संचालनमा ल्याईएको नेपाल एपीएफ स्कुल झलारीमा हाल कक्षा ४ र ५ मा पठनपाठन शुरु गरिएको छ ।

सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यकासाथ स्थापना भएको नेपाल एपीएफ स्कुलमा सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणका सन्ततीहरु गरी १ सय ५ जना छात्रछात्राहरु भर्ना गरिएको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले पहिलो स्कुलको रुपमा काठमाडौको कीर्तिपुर–४ बाजोबारीमा २०६२ चैत्र १७ गतेदेखि पूर्ण आवसीय सुबिधासहित नेपाल एपीएफ स्कुल कीर्तिपुर संचालनमा ल्याएको थियो । त्यसैगरी दोश्रो २०७७ बैशाख २ गतेबाट नेपाल एपीएफ स्कुल कोहलपुर र तेश्रो स्कुल २०७९ जेठ ९ गतेदेखि नेपाल एपीएफ स्कुल सप्तरी  संचालना ल्याइएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठन प्रमुखमा पदवहाली भएसँगै सबै प्रदेशमा नेपाल एपीएफ स्कुल र नेपाल एपीएफ अस्पतालको विस्तार गर्ने योजना सार्बजनिक गरेका थिए । अब अन्य प्रदेशमा समेत स्कुल बिस्तार गर्दै लगिने संगठनको लक्ष्य छ ।  हाल सबै प्रदेशमा  सशस्त्र प्रहरी बलको अस्पताल तथा फिल्ड अस्पताल संचालनमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै