• २०८१ भदौ २३ आइतबार

एएफसी महिला च्याम्पियन्स लिगको ड्र, एपीएफ क्लब समूह सी मा

kharibot

काठमाडौँ । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ड्र सार्बजनिक भएको छ ।

उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।

नेपालको एपीएफ फुटबल क्लब समूह सी मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।

चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै