• २०८१ बैशाख १८ मंगलबार

जसपाले लुम्बिनीमा विश्वासको मतको विपक्षमा मतदान गर्ने

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारको विपक्षमा विश्वासको मत दिने निर्णय गरेको छ ।

बिहिबार बिहान पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जसपाको उक्त बैठकले लुम्बिनी प्रदेशमा रहेका आफ्ना सांसदहरुलाई कांग्रेस नेतृत्व सरकारको विपक्षमा विश्वासको मत हाल्न निर्देशन समेत दिएको छ ।

लुम्बिनीमा जसपाका ३ सांसद रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै