• २०८१ जेठ ३ बिहीबार

अमेरिकाको आयोवा र ओक्लाहोमा राज्यमा दुई दिनमा ३५ भन्दा बढी ट्रोनाडो

kharibot

काठमाडौँ । अमेरिकाको आयोवा र ओक्लाहोमा राज्यमा पछिल्लो दुई दिनमा ३५ भन्दा बढी आँधी (ट्रोनाडो) आएको छ । वासिङ्टन पोस्टका अनुसार आँधीका कारण हालसम्म एक शिशुसहित ४ जनाको मृत्यु भएको छ । सयभन्दा बढी घाइते भएका छन् ।

आँधीका कारण सल्फर सहरमा मात्रै ३० जनाभन्दा बढी घाइते भएका छन् । यहाँका अधिकांश भवन भत्किएका छन् र हालसम्म पाँच हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । आँधीका कारण आयोवा र ओक्लाहोमामा ५०० भन्दा बढी घर ध्वस्त भएका छन् ।

ओक्लाहोमाका गभर्नर केभिन स्टिटले पूरै शहरमा विनाश भएको बताएका छन्। जनताको व्यापार घाटा भएको छ । २० हजारभन्दा बढी घरमा बिजुली गएको छ । समाचार एजेन्सी एपीका अनुसार शनिबार र आइतबारको बीचमा एकैपटक ३५ वटा आँधी रेकर्ड गरिएको थियो। जबकि शुक्रबार यो संख्या ७० नाघेको थियो ।

ह्वाइट हाउसका अधिकारीहरूका अनुसार राष्ट्रपति जो बाइडेनले आइतबार ओक्लाहोमाका गभर्नरसँग कुरा गरे र सहयोगको आश्वासन दिएका छन् । अधिकारीका अनुसार शनिबार राति सहरमा टोर्नाडोका कारण भारी वर्षा भएको थियो, जसका कारण उक्त क्षेत्रमा बाढी आएको थियो । यसको प्रभावका कारण धेरै गाडी पल्टिएका छन् भने भवनको छाना र पर्खालहरु भत्किएका छन् । त्यसपछि मानिसहरूलाई मद्दत गर्न आपतकालीन टोलीहरू पठाइएको छ ।

मौसम विभागको चेतावनीपछि अमेरिकाका १२ काउन्टीमा संकटकाल घोषणा गरिएको छ । ओक्लाहोमा मौसम सेवाले आइतवार २५० तूफान चेतावनी र ४९४ गम्भीर आँधी चेतावनी जारी गरेको छ। यसअघि सन् १९७४ र २०११ मा ओक्लाहोमामा यस्तो ठूलो आँधी आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै