• २०८१ बैशाख २१ शुक्रबार

जसपाले बझाङमा रामबहादुर जाग्रीलाई बनायो उम्मेदवार

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले बझाङ प्रदेश सभाको उपनिर्वाचनमा रामबहादुर जाग्रीलाई उम्मेदवार बनाएको छ ।

जसपाको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जाग्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जाग्री २०७९ को निर्वाचनमा पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए ।

त्यसैगरी इलाम -२ मा भने जसपाले पहिचान पक्षधरबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

इलाम र बझाङमा वैशाख १५ गते हुने उपचुनावको मनोनयन दर्ता चैत २४ गते हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै