• २०८१ बैशाख २२ शनिबार

जसपाले छोड्यो लुम्बिनी सरकार, भागबण्डामा असन्तुष्ट

kharibot

बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।  

जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् । 

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिदा ४८ मत पाएका थिए । जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै