काठमाडौँ । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले रूसी सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको बताएका हुन् ।
उनले भने-
रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ । यसबारे मस्कोस्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ । युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ । उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ ।