• २०८१ बैशाख १६ आइतबार

राजा र प्रजातन्त्र सँगसँगै रहनु पर्छ: कमल थापा

kharibot

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् ।

राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।

"सबै धर्मलाई समान व्यबहार हुन्छ, धार्मिक आस्थाको आधारमा कसैलाई थिचोमिचो हुदैन, हामिले पहिचानको कुरा उठाएका हौं ,सर्बधर्म समभाब हाम्रो अबधारणा हो" थापाले भने । समग्र रुपमा भन्दा अहिलेको ब्यबस्था र प्रणाली असफल भएको भन्दै अहिलेको भ्रष्ट ब्यबस्था, भ्रष्ट शासक र  फोहरी राजनितीको अन्त्य आबश्यक भएको समेत थापाले औल्याए। 

गठबन्धनको परिबर्तनले आशा होइन थप निराश बनाएको भन्दै जनतामा भरोसा टुटेको र मुलुकको अबस्था थप कमजोर हुँदै जाने समेत उनको कथन थियो।

जसरी हुन्छ सत्ता र शक्तिको लागि गरिने राजनीतिले मुलुकलाई निकास दिन नसक्ने थापाको दाबी थियो ।

पार्टी आबद्ध पुर्ब प्रहरी संगठनको कार्यक्रम बोल्दै थापाले पुर्ब प्रहरीहरुको हक हितको लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रमबाट संगठनका अध्यक्ष हरिहर श्रेष्ठले मध्यमाञ्चल क्षेत्रका जिल्लाहरुमा जिल्ला अध्यक्षहरुको जिम्मेवारी तोकिएको जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै