• २०८१ बैशाख १६ आइतबार

संघीय संसदका महासचिव पाण्डेयद्वारा शपथग्रहण

kharibot

काठमाडौँ । सङ्घीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित समारोहमा सभामुख देवराज घिमिरेले पाण्डेयलाई शपथ ग्रहण गराएका हुन् ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले मङ्गलवार नै संसद सचिवालयको सचिव पदबाट राजीनामा दिएका थिए । राष्ट्रपति पौडेलले उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरेका हुन् ।

गत मङ्सिर २५ गते सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

तर, तत्कालीन महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत नभएको, पाण्डेयले संसद सचिवालयको सचिव पदबाट राजीनामा नदिएको आदि कारणलाई देखाउँदै रीत नपुगेको भनी राष्ट्रपतिले सिफारिस अनुसार महासचिव नियुक्त गर्न ढिलाई गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै