• २०८१ पौष ११ बिहीबार

आज संसदका चार समितिको बैठक बस्दै

kharibot

काठमाडौँ । आज संसदका चार समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिको बैठक बस्दै छ ।

सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे पूर्वाधार विकास समितिको पनि बैठक बस्दै छ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी अपराहन्न १ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्‍घीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य/प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै अपराहन्न १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसुची रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय