• २०८१ असार १२ बुधबार

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

kharibot

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजकहरूले हमास नेताहरूका लागि पनि पक्राउ पुर्जी जारी गर्ने मागको निन्दा गरेका छन् । नेतान्याहुले लोकतान्त्रिक इजरायललाई सामूहिक हत्याराहरूसँगको तुलना  अस्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि नेतान्याहुको भनाइ दोहोर्याउदै इजरायल र हमासबीच कुनै तुलना नहुने बताएका छन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजक करीम खानले गाजामा भएको युद्ध अपराधका लागि नेतान्याहु र इजरायलका रक्षामन्त्री याव गालान्टलाई जिम्मेवार ठहराउन सक्ने कारणहरू रहेको बताएका छन् ।

आईसीसीले गाजामा हमास नेता याह्या सिनवार विरुद्ध युद्ध अपराधको लागि वारेन्ट पनि मागेको छ । इजरायल र यसको महत्वपूर्ण सहयोगी अमेरिका आईसीसीका सदस्य होइनन्। यो अदालत सन् २००२ मा स्थापना भएको हो ।

आईसीसी अभियोजकले इजरायलले गाजा युद्धमा नागरिकहरू विरुद्ध 'भोक' लाई हतियारको रूपमा प्रयोग गरेको आरोप लगाए र यसका लागि उनीसँग बलियो प्रमाण छ ।

अभियोजकले इजरायलमा अक्टोबर ७ मा भएको आक्रमणको सम्बन्धमा युद्ध अपराध र मानवता विरुद्धको अपराधमा तीन हमास नेताहरू विरुद्ध गिरफ्तारी वारेन्ट पनि मागेका छन् ।

यो निर्णय स्वतन्त्र र निष्पक्ष छानबिनको नतिजा भएको वकिलको भनाइ छ । अब अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले पक्राउ पुर्जी जारी गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।

इजरायलका राष्ट्रपति नेतन्याहुले आफ्नो गिरफ्तारीको मागलाई ‘बेतुका र झुटो आदेश’ भनेका छन् । उनले सोधे, 'आईसीसीले हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ? यो तुलना सत्यको विकृति हो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै