• २०८१ बैशाख १७ सोमबार

क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सलाई झट्का, करोडौं डलर जरिवाना

kharibot

काठमाडौँ । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सलाई अमेरिकाको सिएटलको अदालतले मनी लान्ड्रिङ कानूनको पालना नगरेकोमा दोषी ठहर गरेको छ । आतंकवादी र अपराधीहरूले प्लेटफर्मको प्रयोग गरेको र कम्पनीले नाफा कमाउन जारी राख्नका लागि यसलाई बेवास्ता गरेको अदालतले आरोप लगाएको छ ।

यो आदेशपछि कम्पनीका संस्थापक तथा सीईओ चाङपेङ झाओले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बिनान्सको विनिमय जारी राख्न अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूलाई ४३० करोड डलर भुक्तानी गर्ने सम्झौता समेत गरेका छन् । चाङपेङ आफैंले ५० मिलियन डलर छुट्टै तिर्नुपर्ने भएको छ । 

अमेरिकी ट्रेजरी डिपार्टमेन्टले बिनन्सले सम्पत्ति शुद्धीकरण र अन्य कानूनहरूको उल्लङ्घनको धेरै आरोपहरूको सामना गरिरहेको बताएको छ । यी मध्ये सबैभन्दा प्रमुख अल कायदा र आइएआइएसका  आतंककारीहरूले यसको प्लेटफर्म मार्फत आर्थिक लेनदेन गरेको अमेरिकी सरकारको दाबि छ । बिनान्सले अमेरिकी सरकारलाई आतंकवादीहरूको संदिग्ध खाता र लेनदेनको रिपोर्ट गर्नुपर्नेमा त्यसो नगरेको बताइएको छ । 

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले बिन्यान्सले अपराध गरेर सबैभन्दा ठूलो विनिमय सिर्जना गरेको बताएका छन् । अब उनले कर्पोरेट अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो जरिवाना तिर्नुपर्नेछ । न्याय विभाग, कमोडिटी फ्यूचर ट्रेडिङ आयोग, ट्रेजरी विभागको वित्तीय अपराध प्रवर्तन नेटवर्क र विदेशी कोष नियन्त्रण कार्यालयले बिन्यान्स विरुद्ध धेरै आरोप लगाएका थिए । कम्पनीले ती सबैसँग सम्झौता गरेको छ । अब अमेरिकाको ट्रेजरी विभागले बिनान्सको रेकर्ड र वित्तीय लेनदेनको ५ वर्ष अनुगमन गर्ने सहमति भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै