• २०८१ जेठ ६ आइतबार

विश्वकप क्वालिफायरको सुपर सिक्समा को को पुगे ?

kharibot

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरको सुपर सिक्समा पुग्ने ६ देशको टुंगो लागेको छ ।

आइतबार सम्पन्न समुह बि अन्तर्गतका खेलपछि समुह बि को सुपर सिक्समा पुग्ने देशको टुंगो लागेको हो । समुह ए बाट सुपर सिक्समा पुग्ने तीन देशको टुंगो शनिबारनै लागेको थियो ।

समुह ए बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । त्यस्तै समुह बि बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

त्यस्तै टेस्ट खेल्ने देश आयरल्याण्ड आफ्ना शुरुक तीन खेलमा हार बेहोरेसँगै सुपर सिक्सको दौडबाट बाहिरिएको छ भने युएई यसअघि नै तीन खेलमा हार बेहोरेर सुपर सिक्स पुग्नबाट बाहिरिएको थियो ।

यद्यपी दुवै समुहका समुह चरणका खेलहरु खेल्न बाँकि रहेकाले समुह विजेता, उपविजेता र तेस्रो टिमको टुंगो भने लागेको छैन ।

त्यस्तै दुवै समुहका चौथो र पाँचौं हुने देशले पनि सातौँ, आठौँ, नवौं र दशौँ स्थानका लागि प्लेअफ खेल्ने हुनाले पनि यसको टुंगो समुह चरणका सबै खेल सकिएपछि लाग्ने छ । समुह चरणका अन्तिम खेल मंगलबार सकिने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै