• २०८१ बैशाख १६ आइतबार

एनएसएलको पहिलो क्वालिफायर आज, पोखरा र धनगढी भिड्दै

kharibot

काठमाडौँ । जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायर्समा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन् । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

यस खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित भएको टिमले क्वालिफायर २ खेल्न पाउने छ ।

त्यस्तै इलिमिनेटरमा तेस्रो भएको काठमाडौँ रेजर्स र चौथो भएको ललितपुर सिटी खेल्ने छन् । यो खेल मंगलबार हुने छ । यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ । दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुने छ ।

लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन् । जसमा पोखरा ठण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो ।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो ।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०-१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन् । त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगंज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन् ।

नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै