• २०८१ बैशाख १७ सोमबार

एनएसएलको दोस्रो क्वालिफायरमा आज पोखरा र ललितपुर भिड्दै

kharibot

काठमाडौँ । आज जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरको खेल हुदै छ । दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटीबीच भिडन्त हुदै छ । यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुदै छ ।

पोखरा पहिलो क्वालिफायरमा पेनाल्टी सुटआउटमा धनगढीसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो भने ललितपुर सिटीले इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ । यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै