• २०८१ बैशाख २० बिहीबार

लाओसलाई हराउदै नेपालले जित्यो प्रधानमन्त्री थ्री नेसन्स कप

kharibot

काठमाडौँ । नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको छ । शुक्रबार सम्पन्न  फाइनल खेलमा नेपालले लाओसलाई २-१ गोल अन्तरले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि जितेको हो ।

१-० गोलले पछि परेको नेपालले खेलमा कमब्याक गर्दै खेल जितेको हो ।

नेपालको जितमा आयुष घलान र मनिष डाँगीले एक एक गोल गरेका थिए । नेपालका लागि खेलको २४औ मिनेटमा आयुषले गोल गर्दै खेल बराबरी गरेका थिए भने खेलको ८७औ मिनेटमा मनिष डाँगीले नेपालका लागि विजयी गोल गरेका थिए ।

यस खेलमा खेलको १७औं मिनेटमा गोल गर्दै लाओसले १-० गोलको अग्रता लिएको थियो । लाओसका लागि फोउट्टहाभोंग सांगभिलेले गोल गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै