• २०८३ कार्तिक २७ शुक्रबार

परराष्ट्र सचिव राईसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

परराष्ट्र सचिव राईसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले  शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा सचिव राईले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै नेपालमा उनको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

भेटका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । साथै, दुवै देश र जनताको पारस्परिक हितका लागि द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै