• २०८१ बैशाख २० बिहीबार

प्रधानमन्त्री थ्री नेसन्स कप: फाइनलमा नेपाल र लाओस भिड्दै

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।

फाइनलमा घरेलु टिम नेपालले आज लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

नेपालले यस अघि लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै नेपालसँग हारेको लाओसले भुटानमाथि २-१ को जित हासिल गरेको थियो ।

फाइनल खेलअघि नेपाली टिमका कप्तान किरण चेम्जोङले आफुहरु फाइनल खेलका लागि तयार रहेको बताएका छन् । चेम्जोङले नयाँ खेलाडीको आत्मविश्वास बढाउन यो प्रतियोगिता जित्न जरुरी रहेको बताएका छन् । टिम बनाउन चुनौतीपूर्ण रहेको बताउदै चेम्जोङले नयाँ खेलाडीसँग छोटो समयमा गरेको कामका आधारमा राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै