• २०८३ कार्तिक २७ शुक्रबार

बराबरीमा रोकिएसँगै भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस खेल्ने

बराबरीमा रोकिएसँगै भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस खेल्ने

काठमाडौँ । नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तेस्रो खेल नेपाल र भुटानबीच १-१ गोलको बराबरीमा सकिएको हो ।

नेपालका लागि खेलको ९०औं मिनेटमा दिपक सिंह ठकुरीले गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए । 

त्यस्तै यस खेलमा भुटानले खेलको १९औं मिनेटमा गोल गर्दै खेलमा १-० को अग्रता लिएको थियो । भुटानका लागि तेन्जिङ नोर्बुले गोल गरेका थिए ।

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा नेपाल र लाओसबीच हुने छ । लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको थियो भने नेपालसँग २-० गोल अन्तरले हार बेहोरेको थियो । योसंगै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । भुटान लाओससँग २-१ ले हारेको थियो ।

अब फाइनल खेल चैत १७ गते शुक्रबार नेपाल र लाओसबीच साँझ ५:३० बजे दशरथ रंगशालामा हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै