• २०८१ बैशाख २२ शनिबार

शेयर बजारमा लगातार गिरावटपछि अदानी समुहको एफपीओ रद्ध

kharibot

काठमाडौँ । व्यापरिक घराना अडानी समुहका शेयर मुल्यमा लागातर गिरावट आएपछि अहिले भारतको कर्पोरेट क्षेत्र तरंगित भएको छ । अमेरिकी रिसर्च कम्पनि हिन्डेनबर्गले सार्बजनिक गरेको रिपोर्टपछि अदानी समुहले अर्बौं रुपियाँ गुमाएको छ । विश्वकोधनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा रहेका अदानी अहिले टप टेनबाट बाहिरिएका छन् ।

यसैबीच अदानी इन्टरप्राइजेज लिमिटेडले हालै जारी गरेको फलो अन पब्लिक अफर (एफपीओ) रद्ध गरेको छ ।

२० हजार करोड भारतीय रुपियाँको यो एफपीओमा विदेशी ठुला लगानीकर्ताको सहयोगमा माग गरिए अनुसार बिक्रि भएको भएपनि अदानी समुहले यो एफपीओ रद्ध गर्ने निर्णय गरेको छ । लगानीकर्ताले लगानी गरेको रकम एकैदिन २६ प्रतिशतले बजारमा गिरावट आएपछि अदानी समुहले बुधबार राति अबेर नै यो एफपीओ रद्ध गर्ने निर्णय गरेको हो । अब  २० हजार करोड लगानी गरेका लगानीकर्ताको पुरै रकम फिर्ता हुने भएको छ ।

एफपीओ रद्द गरेपछि गौतम अडानीले भिडियो सन्देश दिदै सेयरमा उतारचढाव आए पनि कम्पनीको कारोबार र व्यवस्थापनप्रतिको लगानीकर्ताले देखाएको विश्वासका लागि धन्यवाद दिएका छन् । साथै उनले अहिलेको परिस्थितिमा लगानीकर्तालाई घाटा नहोस भनेर यो एफपीओ रद्ध गरेको बताएका छन् ।

उनले बजार स्थिर भएपछि आफ्नो पुँजी बजार रणनीतिको समीक्षा गर्ने बताउदै आफ्नो प्रत्येक व्यवसायले जिम्मेवार ढंगले मूल्य सिर्जना गर्न जारी राख्ने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै