• २०८१ बैशाख २१ शुक्रबार

विश्वका धनीको टप टेन सूचीबाट बाहिरिए अदानी

kharibot

काठमाडौँ । भारतको अदानी समूहका अध्यक्ष गौतम अडानी विश्वका १० धनीहरुको सूचीबाट बाहिरिएका छन् ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीले एकै दिनमा ८ अर्ब डलर गुमाएका छन् । जनवरी २९ मा उनको कुल सम्पत्ति ९२.७ बिलियन डलर थियो, जुन सोमबार ८४.४ बिलियन डलरमा झरेको छ । यसले अदानीलाई सूचकांकमा ११ औं स्थानमा पुर्याएको छ ।

एक हप्तामा अडानीको नेटवर्थ ३५.६ बिलियन डलरले घटेको छ । अदानीको कुल सम्पत्ति २० नोभेम्बर २०२२ मा १५० बिलियन डलर पुगेको थियो । त्यहाँबाट, अडानीको कुल सम्पत्ति ६५.६ बिलियन डलरले घटेको छ । गौतम अडानीको समूह भारतको सबैभन्दा ठूलो पोर्ट अपरेटर हो । यो समूह भारतको सबैभन्दा ठूलो थर्मल कोइला उत्पादक र सबैभन्दा ठूलो कोइला व्यापारी पनि हो ।

अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदनपछि अदानी समूहको शेयरमा भारी गिरावट आउन थालेको हो । तर, समूहको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको शेयरमा सोमबार सुधार देखिएको छ । त्यस्तै एसीसी, अदानी पोर्ट, अम्बुजा सिमेन्टको शेयर पनि बढेको छ । जबकि अडानी टोटल ग्यास २० प्रतिशत, हरित ऊर्जा २०.०० प्रतिशत, पावर ५.०० प्रतिशत, ट्रान्समिसन १५.२३ प्रतिशत र विल्मार ५.०० प्रतिशतले घटेको छ ।

प्रतिवेदनले अदानी समूहलाई स्टक हेरफेर, मनी लान्ड्रिङ र लेखा ठगीमा संलग्न भएको आरोप लगाएको छ । यी आरोपहरूमा अदानी समूहले लगानीकर्ताहरूलाई भ्रमित गर्ने षड्यन्त्र गरेको बताएको छ । अदानी समुहले यस रिपोर्टलाई भारतमाथिको आक्रमण भएको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै