• २०८१ बैशाख ११ मंगलबार

अदानीको ओरालो यात्रा कायमै, विश्वका धनीको शिर्ष २० बाट पनि बाहिरिए

kharibot

काठमाडौँ । हिन्डनबर्ग प्रतिवेदन सार्वजनिक भएदेखि नै भारतका वरिष्ठ उद्योगपति गौतम अदानीको नेटवर्थमा ठूलो धक्का लागेको छ । केही समयअघिसम्म उनी विश्वका धनीहरुको सूचीमा तेस्रो नम्बरमा रहेका अदानी ब्लूमबर्गको धनिहरुको सूचीमा शीर्ष २० बाट पनि बाहिरिएका छन् ।

ब्लूमबर्गको बिलियनेयर इन्डेक्सका अनुसार गौतम अदानी शीर्ष २० धनीको सूचीबाट बाहिरिएका छन् र हाल २१ नम्बरमा पुगेका छन् । गौतम अदानीले एकै दिनमा करिब १० अर्ब डलर गुमाएका छन् । उनको हाल नेटवर्थ घटेर६१.३ बिलियन डलर पुगेको छ । सेप्टेम्बरमा अदानीको कुल सम्पत्ति १५५.७ बिलियन डलर थियो । गत सोमबार उनको नेटवर्थ ९२.७ बिलियन डलर थियो । 

अर्कोतर्फ फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १२.५ अर्ब डलरले बढेको छ र उनी विश्वका धनी व्यक्तिको सूचीमा १३औं स्थानमा उक्लिएका छन् ।

जनवरी २५ मा, हिन्डनबर्गले अदानी समूहको बारेमा ३२ हजार शब्दको रिपोर्ट जारी गर्‍यो । रिपोर्टको निष्कर्षमा ८८ प्रश्नहरू समावेश थिए । उक्त समूह दशकौंदेखि स्टक हेरफेर र खाता ठगीमा संलग्न रहेको प्रतिवेदनले दाबी गरेको छ । अदानी समूहका संस्थापक गौतम अडानीको सम्पत्ति तीन वर्षमा शेयरको मूल्य वृद्धिका कारण १ अर्ब डलरले बढेर १२० अर्ब डलर पुगेको प्रतिवेदनले जनाएको छ । यस अवधिमा समूहका ७ कम्पनीको सेयर औसत ८१९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै