• २०८१ बैशाख १९ बुधबार

अदानीपछि अम्बानी पनि विश्वका धनीको टप टेनबाट बाहिरिए

kharibot

काठमाडौँ । विश्वका १० धनी अर्बपतिको सूचीमा भारतको दबदबा समाप्त भएको छ । हिन्डनबर्गको रिपोर्टपछि गौतम अडानी धनीहरूको सूचीबाट लगातार पछि पर्दै गएका छन् । यससँगै शीर्ष १० मा परेका दोस्रो भारतीय मुकेश अम्बानी पनि यो सूचीबाट बाहिरिएका छन् ।

पछिल्लो अपडेट अनुसार अम्बानी र अडानी दुबैको नेट वर्थ घटेको छ । मुकेश अम्बानीको कुल सम्पत्ति सोमबार मात्र ६८.८ मिलियन डलरले घटेको छ । योसँगै गौतम अडानीको कुल सम्पत्ति २.७ अर्ब डलरले घटेको छ । गौतम अडानी अहिले धनीहरुको सूचीमा २१औं स्थानमा छन् । योसँगै रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी १२औँ स्थानमा छन् ।

हिन्डनबर्गको रिपोर्ट २४ जनवरीमा आयो । यसअघि जनवरी २० मा समाप्त भएको व्यापार सप्ताहको अन्त्यमा गौतम अडानी विश्वकै तेस्रो धनी व्यक्ति थिए । यो सूचिमा मुकेश अम्बानी नौ नम्बरमा थिए । जनवरी २४ मा हिन्डनबर्गको प्रतिवेदन बाहिर आएपछि दुवै भारतीय अर्बपतिको सम्पत्ति घट्यो । जनवरी २४ मा हिन्डनबर्ग रिपोर्टको दिन गौतम अडानी तेस्रो नम्बरमा थिए । 

रिपोर्ट आएपछि गौतम अडानीको सम्पत्ति दिनप्रतिदिन घट्दै गएको छ । 

हिन्डनबर्गको प्रतिवेदन सार्वजनिक भएको दिन २४ जनवरीमा विश्वको तेस्रो धनी गौतम अडानीको कुल सम्पत्ति १२६ अर्ब डलर थियो। जुन फेब्रुअरी ६ मा ५९ अर्ब डलरमा झरेको छ । पछिल्लो १२ दिनमा उनको कुल सम्पत्ति ६१.६ अर्ब डलरले घटेको छ । योसँगै अदानी धनीहरूको सूचीमा तेस्रो स्थानबाट २१औं स्थानमा झरेको छ ।

ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको पछिल्लो सूचीको शीर्ष १० मा आठ अमेरिकीहरू रहेका छन् । यद्यपी फ्रान्सका बर्नार्ड अर्नाल्ट भने पहिलो नम्बरमा रहेका छन् भने एलन मस्क दोस्रो स्थानमा रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै