• २०८१ बैशाख १८ मंगलबार

स्विडेनलाई हराउदै इङल्याण्ड महिला युरोकपको फाइनलमा

kharibot

काठमाडौं । इङल्याण्ड महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न सेमिफाइनल खेलमा स्विडेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इङल्याण्ड फाइनलमा पुगेको हो ।

इङल्याण्डको जितमा बेथ मीड, लुसी ब्रोन्ज, अलेसिया रुसो र फ्रान किरबीले एक एक गोल गरेका थिए ।

अब दोस्रो सेमिफाइनलमा फ्रान्स र जर्मनी खेल्दै छन् ।

योसहित नवौं पटक युरो कप खेलिरहेको इङल्याण्ड तेस्रो पटक फाइनलमा पुगेको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै