• २०८१ बैशाख १८ मंगलबार

महिला युरोकपको सेमिफाइनल समीकरण पुरा, को को पुगे ?

kharibot

काठमाडौं । फ्रान्स म्यानेजर कोरिन डिआक्रेले भनिन्, "हामी यहाँ इतिहास बनाउन आएका हौं", ।

शनिबार राति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश  गर्यो  ।

इभ पेरिसेटले खेलको १०२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन । 

फ्रान्सकी  दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो । 

खेलमा नेदरल्यान्डले केही अवसर बनाएपनी फ्रान्स गोलरक्षकले बिफल पारेकी थिइन् । 

यो संगै महिला युरोको सेमिफाइनल समीकरण पूरा भएको छ । 

अब, फाइनल प्रवेशका लागि फ्रान्सले जर्मनीको सामना गर्नेछ  । अर्को सेमिफाइनलमा स्विडेन र इङल्याण्ड भिड्ने भएका छन् । स्विडेन र इङल्याण्डबीचको पहिलो सेमिफाइनल जुलाई २६ मा हुने छ भने दोस्रो सेमिफाइनल फ्रान्स र जर्मनीबीच जुलाई २७ मा हुने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै