• २०८१ पौष ६ शनिबार

परीक्षा हलबाट निकालिएका रामजी राम बने एमबीबीएस डाक्टर

kharibot

काठमाडौं । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत  रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् ।

एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्तत: एमबीबीएस उत्तिर्ण गरेका हुन् ।

सरकारले २०७२ सालमा वादी, डोम, मुसहर र चमार गरी चार वटा जातिलाई पैसा तिरेर नि:शुल्क पढाउने कार्यविधि बनाएको थियो ।

सोहीअनुसार रामजी राम नेशनल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका थिए । रामजीको परिवारको आर्थिक अवस्था कमजोर थियो ।

रामजीसहित सरकारले पैसा तिरेर पढाएका पंकजकुमार राम, रूपेशकुमार राम, प्रमोदकुमार रामलाई नेसनल मेडिकल कलेजले परीक्षाको समयमा अवैध शुल्क मागेर फारम भर्न दिएको थिएन ।

उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो ।

आइओएमकी डिन डाक्टर दिव्या सिंह शाहले परीक्षा दिने वातावरण बनाइने बताएकी थिइन् । शाहले रामजी र पंकजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले उनीहरूलाई परीक्षामा सहभागी गराएको थियो ।

एमबीबीएस उत्तिर्ण भइसकेपछि रामजी रामले आजसम्म आफूलाई यो यात्रामा साथ दिनेहरूप्रति आभार व्यक्त गरेका छन् 

'परीक्षाहरू सकिएको छैन भने म विश्वस्त छु ! किनकि एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेशा लिरहको हुन्छ !
जहिलेसम्म जीवन छ तवसम्म परीक्षाहरू कहिले सकिन्न ! जीवनका बाँकि परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु,' उनले लेखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै