• २०८१ असोज १ मंगलबार

एमबीबीएसको नतिजा त्रुटिको विषय १० दिनभित्र छानविन गर्न समितिको निर्देशन

kharibot

काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।

समितिले आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरूको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले यस विषयमा आवश्यक छानबिन गर्ने बताएकी छन् । उनले नतिजा आएपछि आफू निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने उल्लेख गर्दै नतिजाप्रति आएका गुनासाहरूको दायित्व आफ्नो निकायले लिने स्पष्ट गरिन् ।

त्यस्तै आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाले रोल नम्बरको आधारमा नतिजा प्रकाशन गर्दा गल्ती कमजोरी भएको स्वीकार गर्दै समान नम्बर लिएर आएको समूहमात्रै नतिजा फरक परेको भन्दै छानविनका लागि आयोग तयार रहेको बताए ।

बैठकमा समिति सदस्यहरूले चिकित्सा शिक्षाको परीक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन भएकोले विद्यार्थीहरूले ओएमआर सिट हेर्न पाउनुपर्ने, उत्तर पुस्तिका हेर्न पाउनुपर्ने र प्रश्नपत्रको सेट हेर्न पाउनुपर्ने माग गर्दै आन्दोलित रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै