काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लिड्स युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले लिड्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा मासन माउन्ट, क्रिस्टियन पुलिसिक र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको ३६ खेलमा ७० अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
यो हारले लिड्स युनाइटेडलाई रेलिगेशन जोनमै राखेको छ । लिडसको हाल ३६ खेलमा ३४ अंक छ र लिगमा १८औ स्थानमा छ । यस सिजनमा रेलिगेसनमा पर्ने तेस्रो टिममा लिड्स युनाइटेड, बर्नलीको सम्भावना देखिएको छ । यस सिजनमा नर्विच सिटी र वाटफोर्ड रेलिगेशनमा परिसकेका छन् ।