• २०८१ असार १२ बुधबार

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् ।

लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । सिटीको घरेलु मैदानमा हुने यो खेल म्यानचेस्टर सिटीले जितेको खण्डमा लिगको उपाधि जित्ने छ । जित बाहेकको अन्य नतिजाले सिटी आर्सनलको खेलको नतिजामा भरपर्नु पर्ने छ । त्यस्तै आर्सनलले अन्तिम खेलमा एभर्टनसँग आफ्नै घरेलु मैदानमा खेल्दै छ । आर्सनलले यो खेल जितेर मात्र लिग जित्न पर्याप्त हुदैन । आर्सनलले यो खेल जितेर म्यान्चेस्टर सिटी कम्तिमा बराबरीमा रोकिएमा मात्र आर्सनलले लिगको उपाधि जित्ने छ । 

त्यस्तै आजको खेलको नतिजाले प्रिमियर लिगबाट अर्को सिजन च्याम्पियन्स लिगमा पुग्ने चार टिममा कुनै असर गर्ने छैन । प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्ला च्याम्पियन्स लिगका लागि छनौट भएका छन् । त्यस्तै आज टोटनह्याम पराजित भएमा र चेल्सीले आफ्नो खेल जितेमा भने चेल्सी युरोपा लिगका लागि छनौट हुने छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै