• २०८१ जेठ ५ शनिबार

 अनेरास्ववियुद्वारा पशुपती क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

kharibot

अनेरास्ववियुद्वारा पशुपती क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी अनेरस्वावियुले  पशुपती बहुमुखी क्याम्पसमा बिहिबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रसासनसँग विभिन्न समयमा भएका भद्र सहमित अनुसार काम नभएको भन्दै अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालमबन्दि गरेको हो  ।   अनेरास्बवियु विद्यार्थीको हकहित र अधिकारको लागि संघर्षशील रहेको भन्दै तालाबन्दि गरेका विद्यार्थीहरुले आफ्ना मागहरु पशुपती क्याम्पस पढ्ने सम्पुर्ण विद्यार्थीहरुको हितमा रहेको बताएका छन् ।

विद्यार्थीको हक र अधिकारको लागि विभिन्न समयमा सान्दर्भिक माग र मुद्धाहरु उठान गर्दै आइरहेको र क्याम्पस प्रशासनले उक्त मागहरुलाई पुरा गर्न पटक पटक लिखित प्रतिवद्धता जनाए पनि क्याम्पसले वेवास्ता गरेको भन्दै अनेरास्बवीयुका विद्यार्थीहरु तालाबन्दि गर्न बाध्य भएको बताउछन् । ”आफ्ना मागहरुलाई सम्बोधन गर्न विभिध समयमा खबरदारी र दबाव दिदा पनि पुरा नगरेको हुदा अब हामीलाई यस घडिमा पूर्व सहमतीको यथा सिग्र कार्यन्वयन र मागहरुलाई पुरा गर्नको निमित्त क्याम्पस प्रशासनले बाध्य बनाएको बताउछन्” आन्दोलन संघर्ष समितिका संयोजक ललिन्द्र राईके भने ।

अनेरास्ववियुले सबै तहका बिद्यार्थीहरुलाई आधारभुत कम्प्युटर शिक्षाको व्यवस्था गर्ने, महिला छाात्राबासको व्यबस्था गर्ने, क्याम्पसमा प्राथमिक उपचार कक्षको व्यवस्था गर्ने महिलालाई भर्नामा ५० प्रतिशत छुट गर्ने, आन्तरिक परीक्षा व्यबस्थित गर्ने, पुस्तकालय व्यवस्थित गर्ने, व्यवस्थित कार्यक्रम हल तथा खेलकुद मैदानको व्यवस्था गर्ने लगायतका मागहरु राखेको छ ।

साथै अनेरास्ववियुले क्याम्पसमा सबै आर्थिक कारोबार बैंकबाट गर्नुपर्ने, क्याम्पसको प्रसाशन तिनै सत्रमा चन्चालन हुनुपर्ने र दक्ष एवं अनुभवी प्राध्यापकको व्यवस्था गर्नुपर्ने माग अराखेको छ । आफ्ना मागहरु पुरा नभएमा अनेरास्ववियुले क्याम्पसको प्रसाशन समेत बन्द गरिदिने चेतावनी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै