• २०८१ बैशाख २३ आइतबार

पशुपति क्याम्पसका बिद्यार्थिले संकलन गरेको राहत सामाग्री हस्तान्तरण 

kharibot

तस्विर : खरीबोट

काठमाडौँ ।  अबिरल बर्षाको कारण आएको बाढी, पहिरोका कारण प्रभाबितका लागी सहयोग स्वरुप संकलन गरेको राहत सामाग्री तथा नगद पशुपति क्याम्पस अनेरास्ववियुका बिद्यार्थीहरुले अनेरास्ववियु  केन्द्रीय अध्यक्ष नविना लामालालाई  हस्तान्तरण गरेका छन् ।

संकलीत रु ३० हजार एक सय सत्तरी र दुई बोरा नयाँ लत्ताकपडा अध्यक्ष लामालाई हस्तान्तरण गरीएको हो ।

अविरल बर्षको कारण नेपालको तराई जिल्लामा भएको बिपतमा सहयोग गर्न बिभिन्न ब्यक्ति , स्कुल , कलेज , संघ सस्थाहरुले सहयोग स्वरुप राहात संकलन गर्ने कामले तीब्रता पाए संगै पशुपती कलेज अनेरास्ववियुका बिद्यार्थीहरुले पनी राहात संकलन कार्यलाई तीब्रता दिएका थिए ।  

थोरै भएपनि पिडीतको पिडामा मल्हम पट्टीको काम  गर्नको लागी सहयोग स्वरुप राहात संकलन गरेको अनेरास्ववियु काठमाण्डौँ जिल्ला कमिटी सहसचिब एटम बिद्रोहीले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै