• २०८१ जेठ ५ शनिबार

पशुपती क्याम्पसमा तेस्रो चरणको आन्दोलन सुरु

kharibot

तस्विर : खरीबोट

काठमाडौँ । अनेरास्ववियु पशुपती क्याम्पसमा अनेरास्ववियुका बिद्यार्थिहरुले आईतबार साँझदेखि तेस्रो चरणको आन्दोलन स्वरुप हस्ताक्षर अभियान कार्यक्रम  सुरु गरेका छन् ।

क्याम्पस प्रशासनसंग बिबिध माग राखेर लामो समय देखी आन्दोलनमा उत्रिएका अनेरास्ववियु पशुपती क्याम्पसका बिद्यार्थीहरुले क्याम्पस प्रसाशनले माग सम्बोधन प्रती कुनै तत्परता नदेखाएकाले हस्ताक्षर अभियान सुरु गरेको बताएका छन् । 

आन्दोलनका संयोजक ललीन्द्र राईले हाम्रो आन्दोलन पहिलाको जस्तो उधारो सहमतीमा रोकिदैन, आफ्ना जायज मागहरु कार्यन्वयनको थालनी नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । राईले पशुपती क्याम्पस अध्ययनरत  सम्पुर्ण  बिद्यार्थिहरु तथा पशुपती क्याम्पससँग सरोकार राख्ने सम्पुर्णलाई एक्यबद्धता जनाई दिनको तथा समर्थन गर्नको लागी हार्दीक अपील गर्दै यो आन्दोलन गर या मरको आन्दोलन भएको बताएकाछन्  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै