• २०८१ बैशाख २३ आइतबार

पशुपति क्याम्पस प्रमुखलाई अनेरास्ववियुले हस्ताक्षर बुझायो 

kharibot

काठमाडौँ । अनेरास्ववियु पशुपती क्याम्पसमा अनेरास्ववियुका बिद्यार्थिहरुले आज क्याम्पस प्रमुखलाई हस्ताक्षर बुझाएका छन ।

क्याम्पस प्रशासनसँग बिबिध माग राखेर लामो समय देखी आन्दोलनमा उत्रिएका अनेरास्ववियु पशुपती क्याम्पसका बिद्यार्थीहरुले क्याम्पस प्रसाशनले माग सम्बोधन प्रती कुनै तत्परता नदेखाएकाले  तेस्रो चरणको आन्दोलन स्वरुप हस्ताक्षर अभियान कार्यक्रम  सुरु गरि आज बुझाइएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उत्तर कुमार खड्काले बताएका छन।

आन्दोलनका संयोजक ललीन्द्र राईले हाम्रो आन्दोलन पहिलाको जस्तो उधारो सहमतीमा रोकिदैन, आफ्ना जायज मागहरु कार्यन्वयनको थालनी नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

पशुपती क्याम्पस अध्ययनरत सम्पुर्ण  बिद्यार्थिहरु तथा पशुपती क्याम्पससँग सरोकार राख्ने सम्पुर्णलाई एक्यबद्धता जनाई दिनको तथा समर्थन गर्न अनेरास्ववियुले अपिल गरेको छ । अनेरास्ववियु काठमाडौ जिल्ला सहसचिव एटम बिद्रोहीले आन्दोलन गर या मरको आन्दोलन भएको र सम्पुर्ण न्यायप्रेमी विद्यार्थीहरुको हस्ताक्षरको अवमुल्य गरिए जुन सुकै कदम चाल्न बाध्य हुने र त्यसको सम्पुर्ण परिणामको जिम्मेवार स्वयं क्याम्पस प्रशासनले लिनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै