• २०८१ जेठ ४ शुक्रबार

बलेफी हाइड्रोको शेयर बाँडफाँट

kharibot

काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट भएको हो ।

आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् ।

त्यस अनुसार २१ लाख ६८ हजार १०० जनाको मात्रै योग्य आवेदन परेको छ ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार बाँडफाँट भएको छ । त्यस अनुसार योग्य आवेदकहरु मध्ये गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले शेयर पाएका छन् ।

त्यस मध्य भाग्यमानी तीन जनालाई बाँकि रहेको ३ कित्ता शेयर एक/एक कित्ताको दरले वितरण गरिएको छ । त्यस अनुसार अधिकतम पाउनेले ११ कित्तासम्म शेयर पाएका छन् ।

कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै