• २०८१ जेठ ८ मंगलबार

बुद्धनगर एग्रो फार्मले आइपियो जारी गर्ने

kharibot

काठमाडौँ  । मिलानचोक, रुपन्देही स्थित  बुद्धनगर एग्रो फार्म लिमिटेडले  १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । 
उक्त आइपियो निष्काशन तथा बिक्री प्रबन्धक गर्न एनआईसी एशिया क्यापिटल र बुद्धनगर एग्रो फार्म बीच दुई पक्षिय सम्झौता भएको छ । आइपियो जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो । 

एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपियो सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपियो जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपियो जारी गर्ने व्यवस्था एनआईसी एशिया क्यापिटलले मिलाएको छ । 

क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षेमा परामर्श सेवा समेत उपलब्ध गराउने सम्बन्धी समेत दुई पक्षिय सम्झौता भएको हो । 

साथै उक्त “आइडिया टु आइपियो” सेवा सम्बन्धी थप जानकारीको लागि मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने छ ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै