• २०८१ जेठ ८ मंगलबार

युनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेबाट आइपियो जारी गर्ने

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको साधारण सेयर निष्काशन गर्ने भएको छ । यही असार २४ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा असार २८ गते र ढिलोमा साउन सात गते बन्द हुने छ ।

खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम तीन हजार दुई सय ५० कित्तासम्मको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन । बिक्री गरिने कुल सेयर मध्येमा पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिसत अर्थात तीन लाख २२ हजार पाँच सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी ५८ लाख पाँच हजार कित्ता भने सर्वसाधारणको लागि छुट्याईएको बिक्री प्रर्वन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । 

हाल अधिकृत पुंजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुँजी पनि दुई अर्ब १५ करोड रुपैयाँ नै रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै