• २०८१ भदौ २३ आइतबार

उपायको 'क्वार्टरब्याक' लगानी चरण सफलतापुर्वक सम्पन्न

kharibot

काठमाडौँ । उपायको 'क्वार्टरब्याक' लगानी चरण सफलतापुर्बक सम्पन्न प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख नेपाली रुपैंयाको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । यसलाई 'क्वार्टरब्याक' नाम दिइएको छ ।

यो कार्यक्रम २०२४ मे १५ मा काठमाडौँमा आयोजति एक कार्यक्रममार्फत सम्पन्न भयो । यो चरणलाई कम्पनीद्वारा 'क्वार्टरब्याक' नामाकरण गरिएको थियो, 'क्वार्टरब्याक' अमेरिकन फुटबलबाट प्रेरित नामाकरण हो । जसरी क्वार्टरब्याकको महत्वपूर्ण भूमिका खेलमा गोल सुनिस्चित गर्नमा हुन्छ, त्यस्तै गरि उपायका व्यक्तिगत लगानीकर्ताहरू अर्थात 'क्वार्टरब्याक' को लगानीले उपायलाई आफ्नो व्यवसाय तथा नाफाका लक्ष्यहरू हासिल अग्रण महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

२०१९ मा स्थापना भएदेखि, हालसम्म उपायले ७० करोड नेपाली रुपैंयााँको लगानी हासिल गरिसकेको छ । नेपालको सबैभन्दा ठुलो निजि इक्विटी फर्म डोल्मा इम्प्याक्ट फण्ड जसमा एफएमओ, बिआइआइ, स्वेडफण्ड, आइएफसी, डिएफसी र जीकाले लगानी गरेको छ भने डोल्मा उपायको एक प्रमुख लगानीकतावको रुपमा रहेको छ ।

आगामी दिनहरुमा, उपाय नेपालकै पहिलो एक लाख भन्दा ठुलो बर्गफुटको तेस्रो पक्ष लजिस्टिक वेरहाउसिंग सुविधालाई  अगाडी बढाउनेमा केन्द्रित रहेको छ । कम्पनीले यस बृहत परियोजनाको लागि थप लगानीको खोजी गरिरहेको छ, जसका लागि केहि अन्तराष्ट्रिय विकास वित्तीय संस्थाहरुसँग सम्झौताहरु गरिसकेको  छ । थप, उपाय निकट भविष्यमा नेपाल स्टक एक्सचेन्जमा आइपिओ मार्फत आफ्नो सेयरहरुको सार्बजनिक सूचीकरणको तयारी पनि गर्दै छ ।

साथै उपाय नेपाल बाहिर विस्तार भइ अन्तर्राष्ट्रिय रुपमा संचालन गर्ने योजना बनाइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै