बुटवल । रुपन्देहीमा प्रदेश नम्बर ५ को राजधानी बुटवललाई तोक्न सरकारसँग माग गर्दै आन्दोलन शुरु भएको छ ।
सत्तारुढ दल कांग्रेस, एमाले, संघसंस्था र विद्यार्थी संगठनले बुटवललाई राजधानी तोक्न माग गर्दै आन्दोलन थालेका हुन् । कांग्रेसले बिहीबार बिहान ९ बजेदेखि १० बजेसम्म बुटवल, सैनामैना र तिलोत्तमामा चक्काजाम गर्ने भएको छ । एमालेले ११ बजे बुटवलमा दबाब र्याली निकाल्ने भएको छ ।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीले बुधबारदेखि नै आन्दोलन थालेका छन् । यी दुई विद्यार्थी संगठनले बुटवलमा बुधबार बेलुका मसाल जुलुस निकाले ।